नियम
तहकिकात सम्बन्धी व्यवस्था

बालकले गरेको कसूरको प्रचलित कानूनबमोजिम अनुसन्धान तथा तहकिकात गर्दा नियम ३ बमोजिमको प्रहरी एकाई वा कर्मचारीले प्रचलित कानूनमा लेखिएको व्यवस्थाका अतिरिक्त देहाय बमोजिमको व्यवस्था अवलम्बन गर्नु पर्नेछः–
(क) प्रहरी कर्मचारीले प्रहरीको पोसाक नलगाई सादा पोशाक लगाउनु पर्ने,
(ख) बालकलाई पक्राउ गर्नु पर्दा आफ्नो परिचय दिई परिचय खुल्ने कागजात देखाउनु पर्ने, बालकलाई पक्राउ गर्नु परेको कारण खुलाउनु पर्ने,
(ग) पक्रिएको बालकलाई निजको संवैधानिक तथा कानूनी हकका बारेमा निजले बुझ्ने भाषामा जानकारी गराउने,
(घ) सम्भव भएसम्म बालकको बाबु आमा भए दुवैलाई वा कम्तीमा एकजनालाई र बाबु आमा नभए निजको संरक्षकलाई बालकले गरेको कसूरका सम्बन्धमा सूचना दिनु पर्ने,
(ङ) नजिकैको सरकारी अस्पतालमा वा चिकित्सकबाट तुरुन्तै बालकको शारीरिक तथा मानसिक स्वास्थ्य जाँच गर्न लगाउने,
(च) सरजमीन गर्दा बालकको बाबु आमा भएसम्म दुवैजना वा कम्तीमा एकजना र बाबु आमा नभए निजको संरक्षकलाई रोहवरमा राख्नु पर्ने,
(छ) सेवा प्रदान गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित बालकका सम्बन्धमा अनुसूची बमोजिमको ढा“चामा सामाजिक अध्ययन प्रतिवेदन तयार गरिदिनु अनुरोध गर्ने ।